काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुँनुभएको छ । डा. बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
प्रेस सल्लाहकार पाण्डेका अनुसार आज दिनभर डा. भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो ।