काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा संसद विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर सो राजीनामा स्वीकृत नभएको समाचारहरुमा प्रकाशित भएको थिए ।
महान्यायाधिवक्ता खरेलले आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको जिकिर समेत गर्नुभएको छ । खरेलले भन्नुभयो ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन,’ । संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले संसद विघटनको पक्षमा बहस गरेका थिए । खरेलले आफुविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको बताउनुभएको छ ।