काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।
आज देशभर थप ९० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ । हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देभर ३ हजार ६ सय ८१ पीसीआर परीक्षण भएको छ । देशभर ४३ जना सङ्क्रमितको आईसीयुमा र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ ।