काठमाडौं – अध्यागमन विभागका अनुसार नेपालले कात्तिकदेखि पुससम्म कुल ४० जना विदेशी नागरिकहरुलाई निष्काशन गरेको छ । जसमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिकहरुलाई नेपालबाट निकालिएको छ ।
यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकाला भएका छन् । मानव बेचबिखन र संगठित अपराधमा सङ्लग्न रहेका ३ जना चिनियाँ नागरिकलाई समेत नेपालले देश निकाला गरेको छ । अन्य विविध कसुरमा भने ३ जना चिनियाँ नागरिक निष्कासन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण देश निकालामा परेका हुन् ।
१ जना भने लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २÷२ जना नागरिकलाई नेपालले देश निकाला गरेको छ । फ्रान्सका २ नागरिक समेत ओभरस्टेका कारण निकालिएका छन् । यो अवधिमा ब्राजिल, रोमानिया, मलेसिया, भियतनाम, जोर्डन, बंगलादेश, मौरिसस, कंगो र इस्टोनियाका एक–एक जना नागरिक पनि नेपालबाट निष्कासन भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । ३ महिनामा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी नागरिकहरु निकालामा परेका छन् ।