प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल) को विद्यार्थी भातृ संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपीको पुतला बनाएर जुत्ताले हानेका छन् । आज सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि जम्मा भएका अखिलका विद्यार्थीहरुले ‘प्रतिगमन’को प्रतीक भन्दै प्रधानमन्त्री ओलीको पुतला बनाएर जुत्ताले हानेका थिए ।
उक्त विरोध कार्यक्रममा अखिलका सह–संयोजक रञ्जित तामाङलगायतका विद्यार्थीहरुले प्रतिमगन विरुद्ध चर्को नाराबाजी गरेका थिए । सह–संयोजक तामाङले ओलीले प्रतिनिधिसभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताएका छन् ।