काठमाडौं – नेकपाको (प्रचण्ड–नेपाल) पक्षले संसद विघटनको विरुद्ध आज पनि विभिन्न कार्यक्रमहरु गर्दैछ । संसद विघटनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले बताएका छन् ।
सचिव पौडेलका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा आज दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोधसभा गर्ने कार्यक्रम तय भएको छ । यसैगरी आज अनेरास्ववियुले पनि संसद विघटनको विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ ।
नारायणहिटी अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम रहेको (प्रचण्ड–नेपाल) अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले जानकारी दिनुभएको छ । प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्र पनि आज दिउँसो २ बजेलाई तय गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।