जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।
प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जानकारी दिएकोे छ । डा. बाबुराम भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । भट्टराईले काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदै आएका थिए । चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी त्यसको उपचारका लागि आइतबार दिल्ली गएका थिए ।