काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ ।
आज थप १ सय २१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ । हाल देशभर १ हजार ४ सय ९४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ ।