काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भएअनुसार आज १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।