राजनीतिक दलका नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम प्रति लक्षित गर्दै विभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा ‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए’ भनि उल्लेख गरेको छन् ।