काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गर्ने भएका छन् । आज बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले हवाई इन्धनको समेत मुल्य वृद्धि गरेको भन्दै हवाई भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
संघले आज नै एक सूचना जारी गर्दै भोली ८ गतेबाट लागू हुने गरि नयाँ भाडा लागू हुने जानकारी दिएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।