काठमाडौं – नेपाली कांग्रेसका नेता एवं समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि उनि मृगौला सम्बन्धी समस्याबाट पीडित भएका थिए उनको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनले काठमाडौंको साँखुमा निर्माण जेष्ठ नागरिक आश्रम चर्चित छ । २०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । तर उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए ।
मित्रसेन दाहाललाई मिर्गौलाको समस्या देखिएपछि यो रोगबाट पीडित अन्य बिरामीको समेत उपचारको समन्वय गर्दै आएका थिए । उनी दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।