काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी पक्राउ परेका छन् । विप्लव समूहसहितका ४ दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
भुसाल र केसी पक्राउको ४ दलीय मोर्चाले विरोध गर्दै रिहागर्न माग गरेका छन् । मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषिराम कट्टेलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपील गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले पक्राउ परेका नेतामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।