काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
फैसलाबारे जबराले भने,’ त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, र १२ गते जति पनि जान सक्छ ।’