काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउनको लागि विज्ञहरुलाई विज्ञ सूची दर्ता गर्नको लागि आग्रह गरेको छ । नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम बनाउनका लागि विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुनका लागि आयोगले सूचना जारी गरेर आह्वान गरेको हो ।
फागुन २१ गतेभित्र विज्ञहरूलाई निवेदन पेश गर्न आग्रह समेत गरिएको छ । आयोगले आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न उपसचिव महेश्वर शर्माद्वारा जारी गरिएको सूचनामार्फत आह्वान गरिएको हो ।