काठमाडौं – संसद विघटन विरुद्ध परेका १३ वटा रिटहरुको बहस आज सकिँदै छ । आज सर्वाेच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बसह सकिने भएको छ । गत पुष ५ गते संसद विघटन भएको घोषणामा मुद्दा परेपछि संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रीय भएर बहस सुन्दै आएको थियो ।
यसअघि सर्वाेच्च बारबाट एमिकस क्युरीका रुपमा गएका बद्रीबहादर कार्की र सतिशकृष्ण खरेलले बहस गरिसकेका छन् भने बिहीबार सर्वाेच्च बारबाट गएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका थिए ।
आज संग्रौलाले बहस गरेसँगै संसद विघटन मुद्दाको बहस सकिने छ । संसद विघटन सदर हुने वा बदर हुने फैसलाका लागि भने एक हप्ता कुर्नु पर्ने छ । फैसला अर्काे हप्ता मात्रै सुनाउने तयारी गरिएको सर्वाेच्च श्रोतले जानकारी दिएको छ ।