काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–नेपाल) समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । त्यसका लागि आज १२ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको छ ।
नेता लिलामणि पोखरेलले नागरिकतासहित उपस्थित हुन पार्टी कार्यालयबाट खबर आएको जानकारी दिएका छन् । लामो समयसम्म नेकपा विवाद टुंगो नलगाएपछि आफूहरुसँग बहुमत रहेको सिद्ध गर्न केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी प्रचण्ड–नेपाल समूहले गरको हो ।
गत पुष ५ गते संसद विघटनको घोषणा भएपछि नेकपा विभाजित भएको छ । सत्तामा रहेको नेकपा ओली समूह र सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले आ–आफू आधिकारिक रहेको दाबी गर्दै आएका छन् ।