काठमाडौं – प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका छन् । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।