काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न ४ बजेदेखि एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड–नेपाल समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।
सबै सहभागीहरुलाई पौने ४ बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ । प्रचण्ड–माधव समूह हाल चौथो चरणको आन्दोलनमा छ ।