काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ९१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ । आज देशभर ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ । हाल देशभर ६१ जना कोरोना सङ्क्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।