काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो । निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको हो । अघिल्लो साता निगमले ग्यासको समेत मूल्य वृद्धि गरेको थियो ।