काठमाडौं – चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको संघ र अपिनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिकित्सक परामर्श शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुने व्यवस्था सरकारले गरेको छ । एमबीबीएस र बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३ सय ७० र ५ वर्ष अनुभव भएपछि ४ सय ५० रुपैयाँ शुल्क बिरामी जाँचे बापत लिन पाउने भएका छन् । यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५ सय १५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५ सय ९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी एमडीरएमएस र एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६ सय ६०, ५ वर्ष अनुभव भएका चिकित्सकको ७ सय, डीएम र एमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७ सय ७० तथा डीएम रएमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सक र एमडी र एमएस र एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८ सय २५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ ।