वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएता पनि विशेष कारणवश स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिएता पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।