काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । मंगलबार ९९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५५ पुगेको छ । देशभर १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।