काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीहरुबीच झडप भएको हो ।
झडपमा प्रचण्ड–माधव समूहका १ विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले जानकारी दिएका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको समेत उनले बताएका छन् ।