काठमाडौं – धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ । धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले जानकारी दिएका छन् । प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५÷५ हजार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले जानकारी दिएका छन् ।
प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु, गजुरी, त्रिपुरासुन्दरी, साङकोष क्रिकेट क्बल, गणेश, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागि हुनेछन् । प्रतियोगिताको टाइसिट बुधबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।