काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए । आयोगलाई निर्वाचन प्रक्रिया नरोक्न आग्रह गरेका प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यही जानकारी दिन शितल निवास पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।