काठमाडौं – कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड माधव) पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि प्रतिगमनका विरुद्ध आयोजना गरिएको बृहत विरोध सभाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ । भोलीहुने विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा गर्ने बताएको छ ।