काठमाडौं – प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । निर्वाचनको तयारीको बारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोगको कार्यालय पुगेका हुन् । प्रधानमन्त्री ओली ११ बजे आयोग पुग्ने भनिएतापनि झण्डै १ घण्टा ढिलोगरी ११ः५५ मा आयोग कार्यालय छिरेका हुन् । यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु भने सवा ११ बजे नै आयोग पुगेका थिए । गत माघ १६ गते नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएको थियो ।

आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए । तर, प्रधानमन्त्री ओली भने गएका थिएनन् । नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै आएको छ ।