
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । यही माघ २५ र २६ गते काठमाडौंमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटि बैठकले सिंहको अध्यक्षमा ५ सय १ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ ।