काठमाडौं — आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् । सरकारी निर्णयको प्रतिरक्षा गर्न आएका अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस टुंग्याउन पटक—पटक आग्रह गरेका हुन् । सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए । त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोके । उनले भने, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।’ तर अधिवक्ता भट्टराईले अझै बहस गरिरहे । त्यसपछि जबरा अझै रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’