Diphsikha-image

काठमाडौँ—सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सत्ता पक्षले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको छ । आइतबार राजधानीमा बसेको संगठनको बैठकले पार्टी अनुशासन विपरित काम गरेको निष्कर्ष निकाल्दै सापकोटालाई संयोजकबाट हटाउने निर्णय गरेको हो । बैठकले सापकोटाको स्थानमा रमेश पौडेललाई चयन गरेको छ । नेकपा विभाजन भएसँगै पार्टीका भातृ संगठनहरुका छुट्टाछुटै बैठक बस्ने र विरोधी पक्षका पदाधिकारी र सदस्यहरुलाई हटाउने क्रम जारी छ ।