काठमाडौं —सरकारले सञ्चारकर्मीलाई भोलि सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जनाएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।

यसैबीच आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल पत्रकार महासङ्घमा आवद्ध १३ हजार भन्दाबढी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको छ ।