काठमाडौं – विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । विवेकशील पार्टीका प्रवक्ता शरद राज पाठकले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गर्दछौँ।’

Bibeksheel-party-image