काठमाडौं – संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउँदैछन् । अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका छन् ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताएका छन् । उनले भने, ‘सकेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना छ । हामी समय मिलाउने प्रयासमा छौं ।’