काठमामडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् । संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।