काठमाडौं – प्रधानमन्त्री ओलीले देशभरबाट आएको आजको आमसभाले सक्कली र नक्कली नेकपाको फैसला गरिसकेको दाबी गरेका छन् । आज नेकपाको ओली समूहले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जनसभामालाई सम्बोधन गर्दै उनले भने, ‘यो आमसभाले नै तय गरिसक्यो । यो की कुन चाहि सक्कली र कुन चाहि नक्कली हो ।

अझै पनि भनिरहनु पर्छ र ?’ प्रचण्ड–माधव नेपालले गर्ने आन्दोलनलाई नरभक्षी आन्दोलनको संज्ञा दिँदै उनले भने, ‘प्रचण्ड–माधवको नरभक्षी आन्दोलनको दिन गए । बन्दको नाममा ट्याक्सीभित्र गरीब ड्राइभर जलाउन खोज्ने दिन गए ।’ उनले हिजो प्रचण्ड–माधवले तथाकथित नेपाल बन्द गरेको आरोप समेत लगाएका छन् । उनले भने, ‘गरीबका लागि काम गर्ने भन्ने तर बुढि आमाले टमाटर साग बेच्न राखेका तरकारी फ्याकेर उहाँहरु क्रान्ति र आन्दोलन गर्नुहुन्छ ।’ गरीबको नोक्सान भएको क्षतिपूर्ति सरकारले दिने भन्दै उनले ट्याक्सीवालालाई इन्स्युरेन्स नदिए सरकारले क्षतिपूर्ति दिलाउने आश्वासन दिएका छन् ।