काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर नबस्ने जानकारी गराएका छन् । अहिलेको विवाद नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवाद मात्र नभएको समेत उनले बताएका छन् । उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।’ त्यसको विरोधमा आफूहरु सडक संघर्षमा रहेका बेला प्रधानमन्त्री ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेकोे बताएका छन् । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी पनि मागेका छन् । उनले अघि भने, ‘यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही नतर्सने समेत उनले बताएका छन् ।