Agni-Sapkota-Image

काठमाडौं – संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएका छन् । त्यसका लागि सभामुख सापकोटा अहिले सर्वोच्च अदालत पुगिसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।