corona-death-1-1.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय ५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । आज २ सय ८८ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ । हाल देशभर २ हजार ५ सय ९४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै आज देशभर थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार २९ पुगेको छ ।