Prachanda-Madhav-Nepal-jhalanath-khanal-narayankaji-shrestha.jpg

काठमाडौं —नेकपा प्रचण्ड–माधव समूहले भोलि सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुर्नस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन् ।यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७ र ९ गते बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।

स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो । बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ मा राजधानी उपत्यकामा जनप्रदर्शनको तयारी गरेको छ ।