ezgif-7-f5ccc8fb384a.jpg

एजेन्सी – भारतको बिहारमा दिवङ्गत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । हिजो बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् । गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् । सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उनीहरुमाथि मोटरसाइकलमा आएका ३ जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । गोली लागेका राजकुमार सिंहका सहयोगीको अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।