nepal-stock-exchange.jpg

काठमाडौं – आइतबारको शेयर बजारमा भारी अङ्कले गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४ दशमलव ७५ अङ्कले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अङ्कमा झरेको छ । यो दिन बजारमा ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

आज बजारका सबै सूचक तथा उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको परिसूचक ४ दशमलव ४ प्रतिशतले घटेको छ । यसबाहेक बैंकिङ, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा क्षेत्रमा २ प्रतिशत भन्दा मथिको गिरावट देखिएको छ ।

आइतबार १ सय ७५ कम्पनीको कारोबार भएकोमा १ सय ६१ वटा कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारका बाबजुद यो दिन प्रायम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८ दशमलव ३० प्रतिशतले घटेको छ ।