20210131105016_IMG_1245.jpg

काठमाडौँ— स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार काठमाडौंको कलङ्की घर भएका आशिष खाती क्षेत्री शुक्रबार नेपाल एयरलाइन्सबाट दुबई उड्न लागेका बेला सुरक्षा जाँचका क्रममा उनलाई प्रहरीले नियन्त्रणका लिएको थियो । आशिषले लुकाएर उक्त रकम दुबई लैजान लागेको प्रहरीको दावी छ ।