namkha-humla4.jpg

काठमाडौं – हुम्ला जिल्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना भाइरसको समयमा समेत यी विद्यालयमा पठनपाठन बन्द भएको थिएन । नाम्खा गाउँपालिका –६ लिमीका २ वटा विद्यालयमा अत्यधिक चिसोमा पनि विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् । अत्यधिक चिसो भएतापनि पढाई रोकिएको छैन। विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्था समेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन हुँदै आएको छ । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले जानकारी दिएका छन् । यी २ विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।