Sarbocha-Aadalat.jpg

काठमाडौं – संसद विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने भएको छ । संसद विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आज नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ । बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुने भएको छ । तेह्रौं रिटमाथिको बहस आजनै सकिने छ ।