d0c29e10-f793-11ea-b535-ec7fc67d7b8f.jpg

अमेरिकामा २ करोड ९५ लाख बढी कारोना भाइरस (कोभिड–१९) को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जानकारी दिएको छ । सीडीसीका अनुसार २ करोड ९५ लाख ७७ हजार ९ सय २ डोज कोरोना भाइरसको खोप लगाइसकिएको छ । यो वितरित ४ करोड ९९ लाख ३२ हजार ८ सय ५० डोजको ५९ प्रतिशत हो । २.४ करोड जनाले कम्तिमा खोपको एक डोज लगाइसकेका छन् भने ५२.५ लाखले खोपको पूर्ण डोज प्राप्त गरेका छन् । राज्यहरुले ७२ घण्टाभित्र खोपको विवरण रिपोर्ट गर्ने भएकाले सीडीसीको तथ्याङ्क केही पुरानो पनि हुनसक्ने बताइएको छ । शनिबार अमेरिकामा १ लाख ३६ हजार २ सय ५२ नयाँ सङ्क्रमित फेला परेका थिए भने २ हजार ६ सय ४० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यलायले जानकारी दिएको छ ।

अमेरिकामा २ करोड ६० लाख ६९ हजार ४६ कोरोना भाइरसको सङ्क्रमित भइसकेका छन् भने ४ लाख ३९ हजार ४ सय ३९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ दुई महिनामा पहिलो कोभिड–१९ का कारण अस्पतालमा भर्तीको सङ्ख्या १ लाखभन्दा कम पुगको छ । कोभिड ट्रयाकिङ प्रोजेक्टकाअनुसार शनिबार अमेरिकामा ९७ हजार ५ सय ६१ जना सङ्क्रमित अस्पतालमा भर्ना थिए ।