elec.jpg

काठमाडौं – सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका – ४ मा मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।