Constitutional-Bench-3.jpg

काठमाडौं —संसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् । रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताएका छन् । ताजा जनादेशमा जान विषय चाहिन्छ । बेलायतमा ईयुमा रहने कि नरहने भनेर जनमत सङ्ग्रह भएको थियो । त्यस्तो अवस्था नेपालको हो र ?’ उनले प्रश्न गरे ‘ त्यसो भए किन जाने ? भारतले सीमा अतिक्रमण ग¥यो भनेर जाने कि ? त्यसो हो र ? भारतसँग युद्ध लड्नुपर्ने भएको हो र ताजा जनादेशमा जाने ?’

अधिवक्ता पौडेलले अहिले ताजा जनादेशमा जानुपर्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीलाई कसले असहयोग ग¥यो भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो ? सेनाले असहयोग ग¥यो ? ब्युरोकेसीले असहयोग ग¥यो कि ? दलको कुरालाई लिएर प्रधानमन्त्रीले संसदमाथि छलकपट गर्नुभयो, जालसाझी गर्नुभयो ।’ अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलमा समस्या भयो भन्दैमा संसद विघटन गर्न नपाइने बताए । ‘प्रधानमन्त्रीको दलभित्र समस्या थियो । त्यहाँ उहाँको विकल्पको कुरा भयो होला । विकल्प दिने, नदिने वा खोज्ने भनेको संसदमा हो । तर उहाँ (प्रधानमन्त्री) छोराले अंश माग्दा बाबुले छोरै सिध्याउछु भने जस्तो गर्नुभयो’ उनले भने ।