death-in-Italy-by-covid-19.jpg

युके-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो ।

सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ जना छ भने २ लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।